काेठा भाडामा नदिएको आरोपमा थुनिएकी घरबेटी रिहा

काठमाण्डौ । एक दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमख एसएसपी अशोक सिंहले सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा छोडिएको बताए ।

‘थप अनुसन्धानका लागि मिसिल सिंहदरबार वृत्तमा पठाइएको छ,’ उनले भने । प्रधान तीन दिनअघि पक्राउ परेकी थिइन् । एक जना सुनार थरकी युवतीलाई घर भाडामा निदएको आरोपमा उनी पक्राउ परेकी थिइन ।

प्रतिक्रिया