नेपाल टेलिकमको मोबाइल नेटवर्कमा मुलुकभर समस्या

काठमाडौं–नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ ।बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन् । देशैभर नेपाल टेलिकमका मोबाइल नेटवर्कमा समस्या देखिएको छ ।

टेलिकम प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिले मर्मत कार्य जारी रहेको छ । मर्मतपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ । टेलिकमका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्नेजस्ता समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासा गरेका छन् ।टेलिकमको ल्याण्डलाइन फोनमा भने समस्या छैन।

प्रतिक्रिया