६८ करोडको आईपीओ निकाल्न दुई कम्पनीको आवेदन

काठमाडौं– करिव ६८ करोडको आईपीओ निष्कासन गर्नका लागि दुई कम्पनीले आवेदन दिएका छन् । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

आइएमई लाईफ इन्स्योरेन्सले रू. ६० करोड बराबरको ६० लाख कित्ता र नेष्डो समृद्ध लघुवित्तले रू. ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ विक्रीको लागि अनुमति मागेका हुन ।

आइएमई लाईफ इन्स्योरेन्सले जेठ ३१ गते र नेष्डो समृद्ध लघुवित्तले असार ६ गते बोर्डमा निवेदन दिएका हुन । आइएमई लाईफ इन्स्योरेन्सको आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड र नेष्डो समृद्ध लघुवित्तको आईपओि विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेष्डो समृद्ध लघुवित्तको चुक्तापूँजी हाल रू. १७ करोड २१ लाख २५ हजार रहेको छ भने आइएमई लाईफ इन्स्योरेन्सको रू. १ अर्ब ४० करोड रहेको छ ।

प्रतिक्रिया