• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नेप्सेमा असारे हरियाली ,सतक हाराहारिले बढ्यो बजार,कारोबार रकम भने घट्यो

काठमाण्डौ – साताको तेस्रो दिन नेप्से जसरी घटेको थियो त्यसरीनै उकालो लाग्न थालेको छ । केहि दिन देखि नेप्से निरन्तर ओरालो लागेको थियो तर आज भने बजार हरियाली बनेको छ ।

मंगलबार नेप्से करिव ८० अंकले बढेर समग्र बजार २९१४ विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोबार रकम भने उल्लेख्य बृद्धि हुन सकेन । आज १० अर्व २८ करोडको कारोबार भएको छ ।

आज दिनै भरिमा २२५ कम्पनीहरुको शेयर कारोबार भएकोमा लाइफ इन्स्योरेन्सको उपसूचक सबै भन्दा धेरै बृद्धि भएको छ । साथै उपसूचक सबैमा हरियाली छाएको छ । आज ३ दर्जन कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने १७५ कम्पनीको शेयर मूल्य बढेको छ । साथै ६ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ । त्यस्तै २ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।

आज नेपाल पनर्वीमा कम्पनीको शेयर सबै भन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया