अन्तर जातिय प्रेम असफल भएपछि युवाले गरे आत्महत्या,मर्न बाध्य पारेको परिवारको आरोप

काठमाण्डौ – नेपालमा जातिय विभेद अझ पनि हट्न सकेको छैन भन्ने धेरै उदाहरण हाम्रो समाजमा घटिरहेका छन ।

दलितले काठमाण्डौमा कोठा नपाएको घटनाले ब्यापक चर्चा पाइरहेको बेला यस्तै प्रकृतिको अर्को घटना सार्वजनिक भएको छ । भोजपुरको षडानन्द नगरपालिका– १४ बोयाका १९ वर्षीय संगम ठटाल आफ्नो प्रेम असफल भएपछि मृत्युको बाटो रोजेका छन ।

उनी दलित परिवारका अति विपन्न उनको संगमको षडानन्द–१३ बोयाकै श्रेष्ठ थरकी किशोरीसँग माया बसेको थियो । उनीहरुको जेठ १० गते उनीहरुबीच प्रेम विवाह भयो । पछि गाँउलेहरुले उनीहरुलाई छुटाए । युवती १६ बर्ष मात्र भएको भन्दै परिवारको जिम्मा प्रहरीलेनै लगायो ।

जेठ ११ गते दिउँसो करिब ३ बजे संगमलाई बुबा गोरखबहादुर दर्जीले घरमा ल्याएका थिए । भोलिपल्ट निस्किएका संगम दुई दिनसम्म घर नफर्किएपछि १४ गते वडाध्यक्ष झङ्कबहादुर रोकालाई सम्पर्क गरे । खोजी गर्दा १५ गते बेलुका घरदेखि करिब डेढ घण्टा टाढा रहेको जंगलमा ठटालको शव भेटियो ।

परिवार तथा सरोकार वालाहरुले उनको आत्म हत्या भन्दा पनि आत्महत्या दुरुत्साहन भएको भन्दै कडा कारवाही गर्न माग गरेको छ ।

प्रतिक्रिया