शान्ती र कुसल बेलबासेको आवाजमा नयाँ गीत सानी माया,शिशिर र सारिकाको मन छुने अभिनय

काठमाण्डौ – पछिल्लो समयका निकै चर्चित गायक कुशल बेलबासे र शान्ती श्री परियारको आवाज रहेको नयाँ गीत सानी मायाले भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको सो गीतले माया प्रेममा विछोड हुने मायालु जोडिको कथालाई आफ्नो गीतमा उठाएको छ । गीतलाई अनिष दवाडीले लय तथा शब्द सिर्जना गरेका छन ।

गीतमा यस अघिको गीत सनिसारबाट चर्चामा आएको जोडी शिशिर पौडेल र सारिका केसीको अभिनय रहको छ । गीत सार्वजनिक भएपछि हामीसँगै कुरा गर्दै मोडल शिशिर पौडेलले गीत हेरेपछि सबैबाट राम्रो प्रतिक्रिया आएको बताउनु भयो ।

गीतलाई कपिल लामाले निर्देशन गरेका छन भने शिशिर पौडेलको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया