निषेधाज्ञा खुकुलो भयो -निजी सवारी साधन जोर विजोर,कुन पसल कुन बार खोल्न पाइने ?

काठमाण्डौ – उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले मंगलबार देखि केहि खुकुलो बनाउने निर्णय गरेका छन ।

अब मंलबारबाट निजी सवारी साधन जोर विजोर प्रणालीबाट सञ्चालन हुने छन भने निजी अन्तर्गत ट्याक्सी भने जोर विजोर प्रणाली नियम अनुसार चल्ने छन । अन्य निजी सवारी साधन भने अहिलेलाई खुल्ने छैनन् ।

आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने भएको छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ भने रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने भएका छन् । हार्डवेयर पसलहरु दैनिक ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाउने भएका छन् । शनिबार अत्यावश्यक बाहेकका पसलहरु खुल्न नपाउने भएका छन् । सरकारी र सार्वजनिक संस्थानका कार्यालयमा सीमित कर्मचारी राखेर मात्र संचालन गर्न अनुमति दिइएको छ ।

प्रतिक्रिया