• गृहपृष्ठ /
  • Breaking News ,
  • जीवनशैली / मनोरंजन ,
  • मुख्य खबर ,
  • समाचार

आफुलाई समाज सेवी बताउने ज्वाला संग्रौलालाई प्रहरीले समायाे

काठमाण्डौ – आफुलाई समाज सेवी भन्दै हिड्ने ज्वाला संग्रौलालाई प्रहरी पक्राउ गरेको छ ।

उनी लगाएत उनका साथीहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरु माथि कुटपिट गरेको आरोप लागेको छ । ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन् ।

आफुमाथि कुटपिट भएको भन्दै खुस्वु घिमिरेले उनीहरुमाथि आरोप लगाएकी थिइन । आरोप सहित किटानी जाहेरे परेपछि अनुसन्धानको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि केहि दिन अघि महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप समेत लागेको छ ।

प्रतिक्रिया