फरवार्ड माइक्रोफाइनान्सको चार लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं–फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक समूहको करिब चार लाख कित्ता शेयर लिलामी मार्फत विक्रीमा ल्याउने भएको छ । संस्थाले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको नाममा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो ।

उक्त शेयरमा व्यक्ति तथा संस्थाले असार १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयर बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

शेयरको न्यूनतम मूल्य ८ सय ५० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया