झलनाथ खनालले ओलीलाई भने–‘म फर्केर आउँछुकी आउँदिन, तर पार्टी मिलाउनुहोस्’

काठमाडौं–पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी मिलाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

उपचारका लागि दिल्ली लैजानुअघि टेलफोनमार्फत खनालले ओलीलाई यस्तो आग्रह गरेका हुन् । उपचारमा जान लागेकाले आफू फर्के आउने नआउने निस्चित नभएको संकेत गर्दै पार्टी मिलाउन आग्रह गरेको एमाले केन्द्रीय लेखा आयोगका सदस्य होम बुढाथोकीले बताए । खनालको भनाइ उदृत गर्दै बुढाथोकीले भने, ‘हिजो के–के भयो सबै तीता–मीठा बिर्सेर पार्टी एकता जोगाउनुस् कमरेड । म फर्केर आउँछु कि आउँदिन त्यो पनि थाहा छैन तर यो पार्टी एक रहोस् । तपाईं मुख्य ठाउँमा हुनुहुन्छ मिलाउनुस्, मेरो यही चाहना छ ।’

ओलीले नेता खनालको उपचारका लागि सरकारले सघाउने बताएका छन् । आफू नेता खनालको स्वास्थ्य अवस्थाको पछिल्लो खबर सुनेर चिन्तित भएको भन्दै ओलीले ढुक्क भएर उपचारमा जान आग्रह गरेका थिए । शुरूमा अर्थमन्त्री विष्णु पौडेलले खनालसँग कुरा गरेर प्रधानमन्त्रीसँग कुरा गराएका थिए । खनालले एक अपिल समेत निकालेर पार्टी मिलाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया