काँग्रेसका एक मात्र मुख्यमन्त्री कृष्ण चन्द्रको भाग्यको फैसला असार ४ गते

काठमाण्डौ – नेपाली काँग्रेसका एक मात्र मुख्यमन्त्री गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र पोखरेलले यहि असार ४ गते विश्वासको मत लिने भएका छन ।

मुख्यमन्त्री पोखरलेले एक हप्तामै विश्वासको मत लिन थालेका हुन । नेपाली काँग्रेस,माओवादी,जनर्मोचा,जसपा र एक स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्य मन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । ३० दिनभित्र विश्वासको मत लिन असफल भए संविधानको धारा १६८ को उपधारा ७ बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभा विघटन गरि ६ महिनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुनेगरि निर्वाचनको मिति तोक्नुपर्ने व्यवस्था छ ।

विश्वासको मत लिन उनले संसद सचिवालयमा निवेदन समेत दिइसकेका छन ।

प्रतिक्रिया