• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रि ओपन सेसनमा ३२ अंकले घट्यो नेप्से,अधिकांस कम्पनीको शेयर मुल्य घट्यो

काठमाण्डौ – नेपाल धितोपत्र बोर्डको हिजोको पत्रसँगै शेयर बजारमा पहिरो गएको छ ।

आज प्रिओपन सेसनमा नेप्से ३२ अंकल भन्दाले घटेको छ । हिजो बोर्डले ५१ कम्पनीको शेयर चलखेल भएको सूचि सार्वजनिक गरेको थियो । आज ती कम्पनीहरुको शेयर मूल्य प्रभावित भएको छ ।

कारोबार भएका ११८ कम्पनीहरु मध्य १८ कम्पनीको शेयर मुल्य बढेको छ भने ७६ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै २३ कम्पनीहरुको शेयर मुल्य यथावत रहेको छ । आज ४ करोड ४१ लाख भन्दा धेरैको कारोबार भएको छ भने समग्र नेप्से २९८९ विन्दुमा झरेको छ ।

प्रतिक्रिया