नेपालमा उपचार सम्भव नभएपछि झलनाथ खनाललाई दिल्ली लगिँदै

काठमाण्डौ – केहि दिनदेखि उपचार गराइरहनु भएका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको नेपालमा उपचार सम्भव नभएपछि दिल्ली लैजान लागिएको अस्पताल स्रोतले नजाएको छ ।

खनाललाई आज दिँउसो दिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।

प्रतिक्रिया