धितोपत्र बोर्डको विज्ञप्तिमा यस्ता छन् एक दर्जन त्रुटी

काठमाडौं– नेपाल धितोपत्र बोर्डले जारी गरेको एक विज्ञप्तीलाई लिएर पुँजी बजार तरंगित भएको छ । बोर्डको विज्ञप्तिप्रति नेप्सेले आपत्ति जनाएको छ । लगानीकर्ताले पनि बोर्डले हचुवामा विज्ञिप्त निकालेको आरोप लगाएका छन् ।

बोर्डले जोखिमयुक्त देखिएका ५१ वटा कम्पनी छनौट गरी त्यस्तो कम्पनीमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिंग कारोबार लगायतका कसूरका सम्बन्धमा अध्ययन भएको भन्दै ती कम्पनीको नाम र तथ्यांक समेत बोर्डले प्रकाशन गरेको छ । बोर्डको विज्ञप्तिमा करिव एक दर्जन त्रुटी देखिएका छन् ।
(१) बोर्डले प्रकाशन गरेको सूचीमा रहेका केही कम्पनीहरु यस्ता पनि छन् जसको प्रतिशेयर आम्दानी ४० प्रतिशतदेखि २५० प्रतिशतसम्म पनि रहेको देखिन्छ। त्यस्ता कम्पनीको प्रतिशेयर नेटवर्थ शेयरको अंकित मूल्यभन्दा निकै बढी रहेको छ।

(२) बोर्डले अहिलेसम्म मूल्य आम्दानी अनुपात कतिसम्म ठिक हो भनी कही कतै स्पष्ट गरेको छैन। अन्तर्राष्ट्रिय अभ्यासमा १५–१६ गुणासम्म मूल्य आम्दानी अनुपात राम्रो मानिन्छ। तर, सबै कम्पनीको ठ्याक्कै त्यति नै हुन्छ भन्ने हुन्न। त्यस्तो अवस्थामा लगानी गर्नै हुन्न भन्ने हुँदैन। लगानीकर्ताले लाभ कम भएतापनि निरन्तर निश्चित प्रतिशत लाभांश दिने कम्पनीमा लगानी गर्न सक्छन्। त्यस्तो अवस्थामा ती कम्पनीलाई नराम्रो भन्न मिल्दैन।

(३) कतिपय आइपीओ जारी गर्ने कम्पनी जस्तै हाइड्रोपावर कम्पनीको प्रारम्भ मै आम्दानी हुँदैन। तर त्यस्तो कम्पनीको आइपीओ निष्काशन, त्यसपछि दोस्रो कारोबारका लागि सूचीकृत हुन अनुमति दिएपछि लगानीकर्तालाई त्यो जोखिमपूर्ण छ भनी अत्याउन बोर्डले मिल्ला र?

(४) कम्पनीको वित्तीय क्षमताको मूल्यांकन गरिएको भनिएकोमा कम्पनीको वित्तीय दायित्व कति छ? भनी उजागर गर्ने काम बोर्डले विज्ञप्तीमा गरेको छैन।

(५) विज्ञप्ती हेर्दा सूचीमा रहेका सबै कम्पनी सबै परिसूचकमा खराब भन्ने झै देखिन्छ। तर सूची अध्ययन गर्दा कतिपय कम्पनीको नेटवर्थ १००० भन्दा माथि रहेको देखिन्छ। अतः कुनै एक परिसूचक सन्तोषजनक नभएतापनि सो कम्पनी खराबै भनी घोषणा गर्नु बोर्डको गम्भिर त्रुटी हो।

(६) सूचीमा मूल्य आम्दानी ऋणात्मक समेत देखाइएको छ जो निकै भ्रमपूर्ण छ। एउटा कम्पनीको मूल्य आम्दानी अनुपात १७०० सयले ऋणात्मक देखाइएको छ जुन सरसर्ती हेर्दा अत्यन्त खराब रहेछ भन्ने भान हुन्छ। तर अवस्था उल्टो छ। यो कम्पनीको घाटा एकदम कम छ जुन सकारात्मक हो। खासमा ऋणात्मक मूल्य आम्दानी अनुपातले उल्टो अर्थ लगाउने भएकोले ऋणात्मक मूल्य आम्दानी अनुपात देखाउने चलन संसारमा कही छैन। बोर्डले यस्तो नमिल्दो परिसूचक सार्वजनिक गरेको छ।

(७) सूचीमा ५१ वटा कम्पनी खराब भन्दै के ती कम्पनीहरुलाई बोर्ड समस्याग्रस्त भनेको हो त? लगानी नगर्न भनेको हो त? त्यसो भए सूचीमा नअटाएका कम्पनीहरु के सबै राम्रा हुन? बोर्डले यस सम्बन्धमा विज्ञप्तीमा स्पष्ट बताएको छैन।

(८) नेप्से परिसूचक ऐतिहासिक विन्दुमा पुगेकोमा खुसी हुँदा बोर्डले नेप्से परिसूचकलाई सो उचाईमा पुर्याउने कम्पनीहरुलाई नै खराब भन्न पुगेको छ। आखिर बोर्डको भनाई के हो? परिसूचक सो विन्दु भन्दा तल रहनु पर्ने हो? हो भने खुसी प्रकट गर्दै लगानीकर्तालाई धन्यवाद भन्नुको अर्थ के हो?

(९) कम्पनीमा भएको भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिंग कारोबारको अध्ययन गरिएको भनिएकोमा सो अध्ययनको नतिजा के आयो? कसले भित्री कारोबार, सर्कुलर कारोबार वा कर्नरिंग कारोबार गर्यो? अध्ययनले के पत्ता लगायो? बोर्डले कसलाई कारबाही गर्यो? सो नखुलाई कम्पनीलाई खराब सूचीमा सामेल गर्नु बोर्डको कमजोरी हो।

(१०) के बोर्डले भोली यी ५१ वटा कम्पनीको सूचीकरण खारेज गर्छ त? बोर्ड स्पष्ट देखिंदैन। मेरो लगानीबाट

प्रतिक्रिया