गगन थापाद्वारा गृहमन्त्री अधिकारीको ध्यानाकर्षण

काठमाण्डौं–बाढी पहिरोको कारण मुलुकभर धनजनको क्षती भएको भन्दै उद्दार र राहात वितरण गर्न नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारको ध्यानाकर्षण गराएका छन् । थापाले मनसुन शुरू भएसँगै बाढी पहिरोको क्षति न्युनीकरण गर्न गृहमन्त्री खगराज अधिकारीको ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले यस मनसुनमा उच्च जोखिम रहेको स्मरण गराउँदै पूर्व तयारी गर्न आग्रह गरेका छन् ।

थापाले ट्विटरमा लेखेका छन्, ‘पूर्व तयारी नगर्दा कोरोना महामारीले ठूलो क्षति गरिरहेको छ । विपद्लाई रोक्न नसके पनि क्षति न्यून गर्न सकिन्छ । यस मनसुनमा बाढीपहिरोको उच्च जोखिम रहेको विज्ञले बताइरहेका छन् । अतः क्षति न्यून गर्न पूर्व सावधानी, खोज, उद्धार र सुरक्षाका लागि अविलम्ब तयारी गर्न गृहमन्त्री खगराज अधिकारीको ध्यानाकर्षण गराउँछु ।’

प्रतिक्रिया