बोर्डको विज्ञप्ति हचुवा हो, शेयर बेच्न नहतारिनुहोस्–नेप्से प्रमुख साउद

काठमाडौं– नेपाल धितोपत्र बोर्डले विज्ञप्ति प्रकाशित गरे ५१ वटा कम्पनी जोखिममा रहेको विज्ञप्ति निकाले पछि शेयर बजारमा बबन्डर मच्चिएको छ । विगतमा नियमन गरेर सचते नगराउने एकै पटक ५१ कम्पनीको सुची निकाले पछि बोर्डको भूमिकामाथि प्रश्न उठाएका छन् ।
कसैले बोर्डको भूमिकालाई ठिकै भनेका छन् भने अधिकांश लगानीकर्ताले बोर्डको आलोचना गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बोर्डको विज्ञप्तिबाट नअत्तालिन आग्रह गर्दै सेयर बिक्रीमा हतारो नगर्न लगानीकर्तालाई अपील गरेका छन् । बोर्डको गहिरो अध्ययनबिना आएको विज्ञप्तिकै आधारमा सेयर बिक्री गर्नतर्फ लाग्दा पछुताउनुपर्ने अवस्था बन्नसक्ने साउदको दाबी छ । ‘शेयर बजार सकारात्मक लयमै छ, अत्तालिएर शेयर बेच्न पर्दैन,’ नेप्सेका सिइओले भने ।

उनले बुलिस बजारमा राम्रा र वित्तीय रुपमा बलिया कम्पनीहरुको सेयरमा लगानी गर्दा राम्रो प्रतिफल पाइने उल्लेख गर्दै त्यस्ता कम्पनीको मूल्य कयौं गुणासम्म पनि बढ्नसक्ने बताए । बोर्डले आज अतिरञ्जनाको रुपमा जुन कुरा बाहिर ल्याएको छ, तत् कम्पनीका त्योभन्दा बढी वित्तीय विवरण नेप्सेकै वेबसाइटमा उपलब्ध भएको उनले बताए ।

साउदले धितोपत्र बोर्डले ५१ वटा कम्पनीलाई जोखिमयुक्त भनेर किटान गर्नु गलत भएको टिप्पणी गरे ।

प्रतिक्रिया