एसियन लाइफ इन्स्योरेन्सको डेढ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं-महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीकालागि बोलपत्र आह्वान गरेको छ ।

बैंकको स्वामित्वमा रहेको संस्थापक समूहको १ लाख ६६ हजार ७ सय ५७ कित्ता शेयर लिलाम बढाबढमार्फत बिक्रीका लागि आह्वान गरेको हो । इच्छुक व्यक्ति, संस्था, कम्पनीले असार ३देखि ९ गतेसम्म गोप्य शिलबन्दीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रति शेयर मूल्य न्यूनतम ६सय २८ रुपैयाँ राखिएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रतिक्रिया