जीवन विकास लघुवित्तले पौने २० करोडको आईपीओ निकाल्ने, बोर्डबाट अनुमति पायो

काठमाडौं–जीवन विकास लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण्का लागि पौने २० करोकडो प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्न नेपाल धितो पत्र बोर्डबाट अनुमति पाएको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

लघुवित्तले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै दायित्व पुरा गर्न सकिने औषत जोखिम रहेको जनाउँछ ।जीवन विकास लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

प्रतिक्रिया