जनमोर्चा सांसद थापा पदुमक्त गर्ने निर्णय सर्वोच्चद्वारा सदर

काठमाडौं–विपक्षी दलसँग पैसा खाएर पार्टीको निर्देशन अटेर गरेर ह्विप उलंघन गरेको आरोप लागेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई काराबाही गर्ने निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ ।
सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको हो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले आफ्नो सांसद विपक्षीसँग बिकेको आरोप लगाउँदै आएका छन् । पार्टीको निर्देशन नमाने पछि जनमोर्चाले थापालाई पदमुक्त गरेको थियो । त्यसका विरुद्ध थापा सर्वोच्च अदालत गएका थिए ।

तर, थापाले बागलुङ क्षेत्र नम्बर २का जनमोर्चाका कार्यकर्तालाई नेपाली कांग्रेसले विभिन्न झुठा मुद्दा लगाएकाले कांग्रेस नेतृत्वको सरकारलाई सघाउन नसक्ने बताएका थिए । विकेको भन्ने आरोपका थापाले खण्डन गर्दै आएका छन् ।

थापाले आफ्नो चरित्र हत्या गर्न झुटो आरोप लगाएको सञ्चार माध्यममा बताउँदै आएका छन् । थापा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पक्षमा उभिएका थिए । अहिले गण्डकी सरकार फेरिएरु कृष्णचन्द्र नेपाली मुख्यमन्त्री भएका छन् । गुरुङले विश्वासको मत लिँदा थापा तटस्थ बसेका थिए ।

प्रतिक्रिया