• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

अर्धसतको बृद्धिसँग आज सम्मकै उच्च विन्दुमा नेप्से,कारोबार रकम भने सामान्य घट्यो

काठमाण्डौ – साताको दोस्रो दिन नेप्से करिव ४३ अंकले बढेको छ । योसँगै समग्र नेप्से ३०२५ विन्दुमा पुगेको छ ।

नेप्सेमा बृद्धिसँगै कारोबार रकम १७ अर्व ८८ करोडको कारोबार भएको छ । यो कारोबार रकम हिजोको तुलनामा केहि घटेको भएपनि सगम्रमा उच्च कारोबार हो ।

आज दिनैभरिमा २२१ कम्पनीहरुको शेयर खरिदविक्री भएको थियो । आज १ लाख ७५ हजार भन्दा धेरैपटक शेयर खरिद विक्रि भएको छ । आज विकास बैक र जलविद्युत उपसूचक सामान्य घटेको छ भने अन्य उपसूचक भने बढेको छ । आज ३५ करोड भन्दा धेरै शेयरको खरिद विक्री भएको छ ।

अरुण भ्यालीको सबैभन्दा धेरै कारोबार हुँदा माउटेण्ट जलविद्युतको सबै भन्दा धेरै मूल्य घटेको छ । एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको शेयर मुल्य भने घटेको छ । साथै ४ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

प्रतिक्रिया