पुर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अबस्था सामान्य,केही दिन अस्पतालमै बस्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

खनाललाई सोमबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको निजी सचिवालयले जनाएको छ।

चिकित्सकको सल्लाहअनुसार उनी थप केही दिन अस्पतालमै बस्नेछन्। नेता खनाललाई यसअघि कोरोना संक्रमण भएको थियो। त्यतिबेला पनि खनालको नर्भिक अस्पतालमै उपचार भएको थियो।

प्रतिक्रिया