• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नेप्सेले ३ हजारको विन्दु पार गर्यो,सीईडीवी जलविद्युतको शेयरमा आज पनि सर्किट

काठमाण्डौ – नेपाली शेयर बजारले ३ हजारको विन्दु पार गरेको छ । सोमबार नेप्सेमा दोहोरो अंकको बृद्धिसँगै सो रेकर्ड कायम गर्न सफल भएको हो ।

आज यो समाचार तयार पार्दा सम्म ४७ अंकले नेप्से बढेर ३०३० विन्दुमा पुगेको छ । आइतबार मात्र नेप्सेमा ऐतिहासीक उच्च कारोबार भएको थियो भने आज उच्च विन्दु सम्म पुगेको छ ।

योसँगै भर्खर मात्र प्राथमिक शेयर निष्कासन गरेको सीइडिवी जलविद्युत कम्पनीले समेत कारोबार सुरु भएको केहि मिनेटमै सर्किट हानेको छ । आज पनि कम्पनीको शेयरमा ४ लाख भन्दा धेरैको माग रहेको छ ।

प्रतिक्रिया