आइएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ जारी गर्ने, साधारण सभा आज

काठमाडौं–आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिव ६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव आज साधारण सभाबाट पारित गर्ने तयारी गरेको छ । कम्पनीको आज वार्षिक साधारण सभा छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरी साधारण सभा आयोजना गरेको कम्पनीले बताएको छ ।

सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्काशन गर्ने, कम्पनीको संशोधित प्रवन्धपत्र र नियमावली अभिलेख राख्ने निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो अनुसार सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

सभामा संचालक समितिले वार्षिक प्रतिवेदन २०७६÷७७ पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६ ÷७७ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गर्ने, आर्थिक वर्ष २०७७ ÷७८ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने एजेण्डा रहेको छ ।त्यस्तै, कम्पनीको प्रवन्धपत्रको उद्देश्यमा सामुहिक लगानी कोष स्थापना गर्ने प्रस्ताव समेत पेश हुँदैछ ।

प्रतिक्रिया