आज सर्वाधिक शेयर कारोबार हुने यी हुन् १० कम्पनी

काठमाडौं–शेयर बजारमा दिनदिनै नयाँ रेकर्ड कामय भैरहेका बेला आज पनि केही कम्पनीका शेयरधनीले उल्लेख्य कमाएका छन्।
आज शेयर बजारमा हालसम्मकै सर्वाधिक कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७२ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै, लुम्बिनी विकास बैंकको ५८ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ५४ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज दिनभरिमा २ सय २० वटा कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता रुपैयाँको शेयर करोबार हुँदा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया