• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

शेयर बजारमा उल्लास कायमै,दोहोरो अंकले नेप्से बढ्दा कारोबार रकम अहिले सम्मकै उच्च २० अर्व नजिक

काठमाण्डौ नेपाली शेयर बजारमा आज फेरी नयाँ किर्तिमानी बनेको छ । आज कारोबार रकमले किर्तिमानी कायम गरेको हो ।

साताको पहिलो दिने ३८ अंकले नेप्से बढ्दा कारोबार रकम भने १९ अर्व ५५ करोड माथि पुगेको छ । यो अहिले सम्मकै उच्च कारोबार हो ।

आज बजारमा २२० कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ९८ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ७७ कम्पनीको शेयर मुल्य घटेको छ । त्यस्तै ७ कम्पनीको शेयर मुल्य भने यथावत रहेको छ ।

अरुण म्यालीको सबै भन्दा धेरै कारोबार हुँदा १ लाख ८२ हजार भन्दा धेरै पटक शेयर खरिद विक्री भएको छ । आज ४० भन्दा धेरै कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेवलमा कारोबार भएको थियो ।

आज लद्युवित्तका शेयर धनिहरुले सबै भन्दा धेरै गुमाए भने फाइनान्सका शेयर धनिहरु मालामाल भए ।

प्रतिक्रिया