केपी ओलीका कारण गण्डकी प्रदेशमा सरकार ढल्यो – पुर्व मुख्यमन्त्री गुरुङ

काठमाण्डौ – हिजो मात्र सरकारबाट विदा भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण सरकार ढलेको बताएका छन ।

मन्त्री निवास छोड्नु पुर्व आज पत्रकारहरुसँग कुरा गदैै उहाँले यस्तो संकेत गर्नुभएको हो । उहाँले प्रधानमन्त्री ओलीको पनि केही गल्ती भएको तर राजनीतिक दलले आफूलाई करेक्सन गर्नुपर्ने बेला आएको गुरुङले बताउनुभयो ।

साथै अहिले बनेको गठबन्धन पूर्व र पश्चिमबाट मिलेर बनेकाले त्यसको आयु लामो नभएको दावीसमेत गर्नु भयो । उहाँले आफ्नो सरकारले ल्याएको बहुवर्षीय योजना समयमै सक्ने विषयमा अहिलेको सरकारको ध्यान जानुपर्ने सुझावसमेत दिनुभयो ।

मन्त्री गुरुङले गत २७ गते विश्वासको मत लिनुभएको थियो । त्यहाँ उहाँले केवल २७ मत मात्र पाएपछि सरकार अल्पमतमा परेको थियो ।

प्रतिक्रिया