CEDB जलविद्यतुको शेयर मूल्यमा लगातार सर्किट,४ लाख भन्दा धेरैको खरिद माग

काठमाण्डौ – गत हप्ताबाट दोस्रो बजारमा प्रवेश गरेकी सीईडीवी जलविद्युत कम्पनीको शेयर मूल्यमा आज सर्किट लागेको छ ।

कारोबार सुरु भएको केहि मिनेटमै कम्पनीको शेयरमा सर्किट लागेर कारोबार भइरहेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको ८२१ कित्ताको कारोबार भएको छ । ५५२ रुपैयाँमा कारोबार भइरहेको शेयरमा आज मात्र ५० रुपैयाँ प्रति शेयर मुल्य बढेको छ ।

गत विहिबार ७ लाख सम्म माग रहेको सो कम्पनीको शेयर खरिदमा आज भने ४ लाख माथि कित्ताको लागि शेयर माग भएको छ ।

प्रतिक्रिया