यस्तो छ आज सुनको मूल्य

आइतबार सुनको भाउ घटेको छ भने चाँदीको स्थिर छ। आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ५०० र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

प्रतिक्रिया