लुम्बिनी जनरल इन्स्योरेन्सले बोनश शेयर दिने

काठमाडौं–लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बोनस शेयर दिने भएको छ । कम्पनीको शनिवार सम्पन्न १६औं वार्षिक साधारण सभाले पाँच प्रतिशत बोनश शेयर दिने निर्णय गरेको छ ।

साधारण सभाले ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
त्यस्तै, सभाले संचालक समितिको १६औं वार्षिक प्रतिवेदन २०७६÷७७ पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७७ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७६ ÷७७ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गर्ने, आर्थिक वर्ष २०७७ ÷७८ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने एजेण्डा पारित भएको छ ।

त्यसैगरी प्रबन्धपत्रको प्रस्तावित संशोधनमा सम्बन्धीत निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने, संचालकहरुको बैठक भत्ता पुनरावलोकन गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।

प्रतिक्रिया