सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीमाथि आक्रमण

काठमाडौं–सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । आक्रमणमा परी शाही लगायत उनको समूहका केही सदस्य घाइते भएका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

शाहीले आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् । निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।

प्रतिक्रिया