प्रधानमन्त्री विरुद्ध अशोभनिय अभिव्यक्ति दिने कांग्रेस सांसद वैद्यले माफी मागे

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीलाई महात्मा गान्धीलाई जस्तै हत्या गर्नुपर्ने अभिव्यक्ति दिएका बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले माफी मागेका छन् । प्रदेश सभामा आफूले शुक्रबार दिएको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गरेको वैद्यले बताए ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वैद्यले आज पनि संसद बैठकमा आफ्नो बोल्ने समय रहेको भन्दै बोली फिर्ता लिएर आत्मालोचना गर्ने बताएका छन् ।

कांग्रेस सांसद वैद्यले शुक्रबारको प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीप्रति निकै असंवेदनशील टिप्पणी गर्दै उनीविरुद्ध ’नाथुराम गोड्से खडा हुनुपर्ने’ अभिव्यक्ति दिएका थिए। गोड्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको गोली हानेर हत्या गरेका थिए।

प्रतिक्रिया