सिईडीबी हाइड्रोपावरको संस्थापक र कर्मचारीको शेयर तीन वर्षसम्म किनबेचमा रोक, यस्तो छ कारण

काठमाडौं–सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका संस्थापक र कर्मचारीहरुको शेयर लकिंङ्ग पिरियड लागू भएको छ । त्यस अनुसार कम्पनीका संस्थापक र कर्मचारीहरुले सिईडीबी हाइड्रोपावरको शेयर ३ वर्षसम्म किनबेच गर्न नपाइने भएको हो ।

कम्पनीको शेयर २०७८ बैशाख ३१ गते बाँडफाँड भएको उल्लेख गर्दै त्यस अनुसार २०८१ वैशाख ३० गतेपछि मात्रै कम्पनीका संस्थापक र कर्मचारीसँग रहेको शेयर खरिदबिक्री गर्न सकिने जनाएको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को परिच्छेद ९ दफा ३८ को उपदफा १ बमोजिम ‘विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्रबाहेक अन्य समूहले धितोपत्र संगठित संस्थाले सवंसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको सेयर बाँडफाँड भएको मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाईने व्यवस्था गरेको छ ।

प्रतिक्रिया