पोखरीमा डुबेर ५ बालिकाको ज्यान गयो,स्थानीय आक्रोसित

काठमाण्डौ – धनुषामा पोखरीमा डुवेर ५ बालबालिको ज्यान गएको छ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ स्थित खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर ५ बालिकाको मृत्यु भएको छ ।

शुक्रवार घर नजिकै नुहाउन गएका बालिकाहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।

पोखरीमा कति बालिकाको ज्यान गयो भन्ने यकिन हुन सकेको छैन । अहिले प्रहरी घटना स्थलमा पुगेर खोजतलाश गरिरहेको छ ।

बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ । मृत्यु हुनेहरूमा लक्ष्मीपुर टोलका पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह रहेकी छन् ।

प्रतिक्रिया