काठमाण्डौ – गण्डकी प्रदेशका सांसद कृष्ण थापा फेरी पदमुक्त भएका छन ।
पार्टीको निर्देशन नमानेको आरोपमा उनलाई जनमोर्चाले फेरी पदमुक्त गरेको हो । हिजो मुख्यमन्त्री पृथ्वी सुब्बाले विश्वासको मत लिने समयमा पार्टीले विपक्षमा मतदान गर्ने भने पनि थापा तटस्थ बसेका थिए ।
यस अघि पनि थापालाई जनमोर्चाले कारवाही गरेर सांसदबाट हटाएको थियो तर अदालतले उनको सांसद पद यथावत राख्न आदेश दिएको थियो । यसअघि जेठ २० गते पनि उनलाई पदमुक्त गरिएको थियो ।