यी हुन् शेयर बजारमा आज धेरै कमाउने १२ कम्पनी

काठमाडौं–निषेधाज्ञाका बीच लगानीकर्ताको शेयर बजारमा आकर्षण बढिरहेका बेला आज धेरैले कमाएका छन् । आज १६ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ भने १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से १.८० अंकले घटेर दुई हजार नौ सय ४४ दशमलब ७८ विन्दुमा थामिएको छ ।

सामान्य अंकले घटेको बजारमा शेयरमूल्य बृद्धि हुने कम्पनीहरुमा पाँचथर पावर कम्पनी, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, जाशी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, पोखरा फाइनान्स र अपी पावर कम्पनी रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय