काठमाण्डौ – साताको अन्तिम दिने नेप्से २ अंकले घटेर समग्र बजार २९४४ विन्दुमा पुगेर बन्द भएको छ ।
नेप्से घटेसँगै कारोबार रकम पनि विहिबारको तुलनामा केहि घटेको छ । आज १६ अर्वमाथिको कारोबार भएको छ ।
२२० कम्पनीहरुको कारोबार भएकोमा ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९३ कम्पनीको शेयर मूल्य भने घटेको छ । आज जलविद्युत कम्पनीका शेयर धनिहरु मालामाल भएका छन । आज जलविद्यतुका एक दर्जन भन्दा धेरे कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ भने उपसूचकहरुमा धेरैमा गिरावट आएको छ ।