महेश बस्नेत हिस्स,खगराज अधिकारी गृहमन्त्री बन्ने पक्का -आज मन्त्री बन्नेको सूचि यस्तो छ

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रीमण्ड विस्तार गर्नुहुने भएको छ ।

खाली रहेका ७ मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागिएको स्रोतको दावी छ । यस्तै गृह मन्त्रीको दौडमा रहेका महेश बस्नेतलाई पछि पार्दै खगराज अधिकारी गृह मन्त्री बन्ने पक्का भएको छ ।

गृहमन्त्रीमा यी दुई नेताको निकै चर्चा चलेको थियो । यसैविच गण्डकी प्रदेश सरकारले पनि आज विश्वासको मत लिने भएको छ । तर स्वतन्त्र सांसद राजिव गुरुङले सरकारको साथ नदिने भएपछि पृथ्वीसुव्बा गुरुङको सरकार धरापमा परेको छ ।

आज मन्त्री बन्न लागेकाहरुको सूचि यसप्रकार छ ।

१। नारदमुनी राना, वनमन्त्री

२। मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

३। खगराज अधिकारी, गृहमन्त्री

४। नैनकला थापा, सन्चारमन्त्री

५। ज्वालाकुमारी साह, कृषिमन्त्री

६। । राजकिशोर यादव, उद्योगमन्त्री

७। गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

८। आशा विक, वनराज्यमन्त्री

प्रतिक्रिया