दुखद खवर : बस र अटो ठोकिदा १७ जनाको ज्यान गयो

काठमाण्डौ भारतको उत्तर प्रदेशबाट भयंकर ठुलो दुर्घटनाको खवर सार्वजनिक भएको छ ।

भारतीय मिडियाले दिएको जानकारी अनुसार कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो ठोक्किंदा १७ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाइते भएका छन ।

भारतीय प्रहरीले दिएको जनाकारी अनुसार बस कानपुरमा अटोसँग ठोकिएर सो दुर्घना भएको हो । लखनउबाट नयाँदिल्ली जाँदै गरेको शताव्दी ट्राभल्सको बस मंगलबार साँझ मजदुरहरु सवार अटोसँग ठोक्किएको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा स्थानिय विष्कुट फ्याक्टीमा काम गर्ने मजदुरहरु रहेको भारतीय मिडियाले जनाएका छन ।

भारत सरकारले मृतकका परिवारलाई दुई लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया