• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रिओपन सेसनमा समेत ३४ अंकले बढ्यो नेप्से,३ हजारको विन्दु नजिक

काठमाण्डौ – नेपाली शेयर बजार अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । आज प्रिओपन सेसनमा ३४ अंकले नेप्से बढेसँगै समग्र हजार २९ सय ९५ विन्दुमा पुगेको छ ।

आज यो सेसनमा १०२ कम्पनीहरुको कारोबार भएकोमा ८५ कम्पनीको शेयर मुल्य बढेको छ भने ५ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै ९ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

आज ३ करोड ८० लाख भन्दा धेरैको कारोबार भएको छ भने २ दर्जन कम्पनीको शेयर मूल्य ५ प्रतिशत हाराकारीमा बढेको छ । यो सेसनमा पोखरा फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया