डिस होमले २४ करोडको आईपीओ निष्कासन गर्ने

काठमाडौं–टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले करिव २४ करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । डिसहोमले नेपाल धितोपत्र बोर्डमा २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँको आईपीओ निष्कासनका लागि यस अघि नै आवेदन दिएर अनुमतिको प्रतिक्षामा रहेको छ ।

प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको डिसहोमले प्रभु टिभी खरिद गरेको छ । डेड लाख भन्दा धेरै ग्राहक भएको प्रभु टिभीलाई प्राप्ति गरेको हो । केहि समय भित्रै प्रभु टिभीका ग्राहकले डिसहोमको सुविधा पाउने कम्पनीले जनाएको छ ।

प्रभुका ग्राहकहरुले अहिले भइरहेको सेवा सहित डिसहोमले दिइरहेको सेवा पनि प्राप्त गर्न सक्ने छन् । डिसहोमले टेलिभिजनका साथै फाइबर नेटको पनि सुविधा प्रदान गर्दै आइरहेको छ । हाल डिसहोमका १९ लाख भन्दा धेरै ग्राहकहरु रहेका छन् । प्रभुलाई प्राप्ति गरे सँगै डिसहोमका ग्राहक साढे २० लाख नाघ्ने छन् ।

प्रतिक्रिया