• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

पछिल्लो २४ घण्टामा संक्रमित थपिनेको संख्या भन्दा, निको हुनेको संख्या बढि ।

पछिल्लो २४ घण्टामा ६ हजार ५७० जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख नाघेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना जित्नेको संख्या पाँच लाख ४ हजार पाँच सय ३० पुगेको छ हो।

त्यसैगरी २४ घण्टामा ५ हजार १५३ संक्रमित थपिएका छन्। १२ हजार ६५ जनाको पीसीआर र ५ हजार ६११ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच हजार १५३ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा १०८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या आठ हजार नाघेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाले ८ हजार ९८ जनाको मृत्यु भएको हो।

प्रतिक्रिया