• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

३ हजारको विन्दु नजिक पुग्यो नेप्से,मंगलबार अर्धसतकले बढ्दा कारोबार रकम १७ अर्व नजिक

काठमाण्डौ – साताको तेस्रो दिन नेप्से ५३ अंकले बढेर समग्र बजार २९६० विन्दुमा पुगेको छ । यो विन्दु अहिले सम्मकै उच्च विन्दु हो भने औषत कारोबार रकम पनि उच्च बन्दै गएको छ । मंगलबार १७ अर्व नजिक पुगेको छ ।

आज २१८ कम्पनीहरुको शेयर कारोबार भएकोमा वित्त र विकास बैकमा लगानीकर्ताको आकर्षण देखियो । नेप्सेका सम्पुर्ण उपसुचक बढ्दा लद्युवित्तको उपसमूह भने घट्न पुग्यो । आज ३६ भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने १२१ कम्पनीको शेयर मूल्य बढेको छ । ५२ कम्पनीहरुको शेयर मूल्य घट्दा ८ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ ।

मेरो लद्युवित्तको सबैभन्दा धेरै मूल्य घट्दा नेपाल पुनरविमा कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । आज १ लाख ५० हजार पटक शेयर खरिद विक्रि भएको छ ।

प्रतिक्रिया