• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • राजनीति ,
  • समाचार

सरकारका कारण शेयर बजार बढेको अर्थमन्त्री पौडेलको दावी

काठमाडौं – शेयर बजार मैत्री अर्थमन्त्रीको छवि बनाएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारका कारणनै शेयर बजारमा आकर्षण बढेको बताएका छन ।

मंगलबार नेपाल धितोपत्र बोर्डको १९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले पछिल्लो समयमा बढेको पुँजी बजारलाई लगानीकर्ताको विश्वासको रुपमा अर्थ्याए ।

उनले बोर्ड अध्यक्ष भीष्मराज ढुंगानको तारिफ गर्दै बोर्डलाई बलियो नियामक निकायको रुपमा अगाडि बढाएको बताए । यस्तै, बजेटमा उल्लेख भएको वस्तु विनिमय बजारको सञ्चालनको लागि समयमै कदम चाल्नसमेत उनले आग्रह गरे ।

उनले बजेटले पुँजीबजाको विस्तारको लागि लगानीको क्षेत्र विस्तार गर्नुपर्ने बताए । त्यसको लागि बजेटले केही व्यवस्था पनि गरेको उनको दाबी छ ।

प्रतिक्रिया