राउटे युवतीलाई करणी गर्ने युवाविरुद्ध जाहेरी दर्ता,चाँडै जेलको हावा खाने पक्का

काठमाण्डौ – पछिल्लो समय एउटा भिडियो चौतर्फि भाइरल भइरहेको छ । सामाजिक सञ्जाल लगाएत अन्य भिडियाहरुमा विभिन्न प्रतिक्रिया पनि आइरहेका छन ।

घटना हो,राउटे युवतीलाई युवाहरुले दुव्र्यवहार गरेको घटना । प्रहरीले ती युवतीलाई अनैतिक काम गरेका आरोपमा तीन जनाविरुद्ध जाहेरी दर्ता गरेको छ ।

मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो । १९ र २३ वर्षकी ती युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनविरुद्ध जाहेरी परेको हो ।

उनीहरू तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको र गल्तीसमेत स्वीकार गरिसकेको प्रहरी स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले किटानी जाहेरी दर्ता भइसकेको भन्दै घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय