काठमाण्डौ – पछिल्लो समयका निकै चर्चित गायक कुसल बेलबासेको आवाज रहेको नयाँ गीत एकै रातले भर्खर मात्र सार्वजनिक भएको ।
गीतमा शर्मिला गुरुङले आवाजमा साथ दिएकी छन । माया प्रेममा विछोड भएका प्रेमीहरुको कथालाई गीतले कलात्मक रुपमा गीतमा उतारेको छ ।
बालकुमार श्रेष्ठको शब्द सिर्जना रहेको सो गीतलाई गायिका स्वयमले लय सिर्जना गरेकी छन । गीतको म्युजिक भिडियो भने राजन क्षेत्रीले निर्देशन गरेका छन ।
गीतलाई इनेपाल खवरले बजार ब्यवस्थापन गरेको छ ।