केपी ओलीका कारण राप्रपा पनि फुटको संघारमा,कमल थापाको यस्तो छ संकेत

काठमाण्डौ – पटक पटक जुट्दै र फुट्दै गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी फेरी फुटको संघारमा पुगेको छ ।

अध्यक्ष कमल थापाले राप्रपा नेपाल अब फुटको संघारमा पुगेको संकेत गरेका छन्। आफ्नो सामाजिक सञ्जाल मार्फत थापाले सो कुराको संकेत गरेका छन ।

उनले यो सत्यलाई जान्दा जान्दै पनि एकता गरेको तर गतिहीन भएको जनाएका छन्। थापाले लेखेका छन्। ुयो सत्य नबुझेको होईन, तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिड्ला भन्ने आशा थियो। गतिहीन नै होला भन्ने सोचिएन।ु

उनले राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीलाई अल्छी घोडाको संज्ञा दिएका छन्। थापा लेख्छन्, ‘दुई अल्छी घोडाको बिचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होलारु च्यापिएर थला पर्न बेर छैन।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय