काठमाण्डौ । साताको पहिलो दिन नेप्से फेरी दोहोरो अंकले बढेको छ भने कारोबार रकम १७ अर्व भन्दा माथि पुगेको छ । यो तेस्रो पटक हो जहाँ यति ठुलो कारोबार भएको छ ।
अधिकांस कारोबार भएका बैकको शेयर मूल्य बृद्धिभएपछि शेप्से उकालो लागेको हो । बैक क्षेत्र बाहेक अन्य क्षेत्रको भने आज शेयर मूल्य घटेको छ ।
आज पुरै अवधिमा २ सय १८ कम्पनीहरुको कारोबार भएको थियो भने ती मध्य ७० कम्पनीहरुको शेयर मुल्य बढेको छ भने १०७ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ४ कम्पनीहरुको शेयर मुल्य यथावत रहेको छ ।
आज नेपाल पुनरविमा कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ भने बैक क्षेत्रको शेयर मूल्य अचाक्ली बृद्धि भएको छ ।