उपचार खर्च तिर्न नसक्दा यि युवाको भयो विचल्ली,अस्तालमै बस्न बाध्य

काठमाण्डौ – यसो त देशमा सबैको उपचार निशुल्क हुन पर्ने हो । नेपाल सरकारले त्यो ब्यवस्था गर्न सकेको छैन । शिक्षा,स्वास्थ्यमा बेवास्ता गर्दा धेरै नागरिकहरुले दुख पाइरहेका घटना पटकपटक सार्वजनिक भइरहेका छन ।

यसै विच झापाको एक मेडिका अस्पतालमा उपचार खर्च तिर्न नसक्दा एक मजदुर अस्पतालमै बस्न बाध्य भएका छन । मजदुरी गर्ने क्रममा घरबाट लडेर अस्पताल भर्ना भएका बुद्धशान्तिका ३५ वर्षिय शखा राजवंशी उपचार खर्च बुझाउन नसक्दा एक हप्तादेखि अस्पतालमा बस्न बाध्य बनेका हुन् ।

आर्थिक अबस्था अत्यन्तै नाजुक रहेको हुँदा उनको उपचार खर्च तिर्न कठिन भएको हो । आफन्त कोही नभएको र साथीभाइसँगै कोठा लिएर बुधबारेमा बस्दै काम गर्दै आएका राजवंशीले उपचार खर्च बापत करिब १ लाख ५० हजार बढी रकम बुझाउन सकेका छैनन् ।

प्रतिक्रिया