सरकार छाडेका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको चौतर्फि प्रशंसा,आखिर उनले के गरे त्यस्तो ?

काठमाण्डौ – यसो त पछिल्लो समय सरकारको सामाजिक सञ्जालमा चर्को आलोचना हुने गरेको छ । त्यसमाथी सरकार गठनको कुरालाई लिएर धेरै सामाजिक सञ्जाल प्रयोग कर्ताहरु ओली सरकारमाथि खनिने गरेका छन ।

यसैविच ओलीले शुक्रवार मात्र जसपा महन्त ठाकुर समूहलाई सरकारमा सहभागी गराएर मन्त्रीमण्डल पुनरगठन गरेका छन । नयाँ मन्त्री बनेका मध्य राजेन्द्र महतोको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । उनले संविधानको प्रतिक जलाएको तस्विर सहित सबैले आलोचना गरेका छन ।

ओलीले आफ्ना विश्वास पात्र मध्यका एक प्रदिप ज्ञवालीलाई सरकारबाट हटाएका छन । उनी हट्नुलाई सामाजिक सञ्जालमा धेरैले अचम्मीत भनेका छन भने ज्ञवालीको चौतर्फि प्रसंसा गरेका छन ।

कारण के हो त सबैले प्रसंसा गर्नुको ?
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सरकारबाट विदा भए लत्तै आफ्नो सम्पती विवरण सार्वजनिक गरे यसले पनि उनको चर्चा भयो । त्यस भन्दा पनि उनको सम्पतिमा खासै बृद्धिभएको देखिएन् । ज्ञवालीले सवा तीन बर्ष मन्त्री हुँदा आफ्नो बैंक खातामा ७ लाख ४१ हजार ७ सय ७५ रुपैयाँ बचत रहेको घोषणा गरेका छन् । बौद्धिन नेताको छवि बनाएका ज्ञवालीले मन्त्री पद गएकै दिन आफुले प्रयोग गर्दै आएको ल्यापटप र गाडी समेत मन्त्रालयमा फिर्ता गरे जुन कुराको सामाजिक सञ्जाल प्रयोगकर्ताले निकै मन पराएका छन । उनलाई धेरैले इमान्दार नेता समेत भनेका छन ।

साथै ज्ञवालीले आफ्नो सामाजिक सञ्जालबाटै शनिवार विहान सम्ममा मन्त्री क्वाटर समेत छाड्ने बताएका छन । अहिले उनको यो कामलाई धेरैले राम्रो भन्दै प्रसंसा गरेका छन ।

प्रतिक्रिया