भाग्यमानी दम्पत्ति, श्रीमान् श्रीमति पालैपालो मन्त्री

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली सरकार एउटा यस्तो भाग्यमानी दम्पत्ति छन् । जो पालो गरेर मन्त्री भएका छन् । पहिला श्रीमान् मन्त्री । श्रीमान् मन्त्रिपरिषद्बाट बाहिरिएपछि श्रीमति मन्त्री । फेरी श्रीमति बाहिरिएर श्रीमान् मन्त्री ।

उक्त भाग्यमानी जोडी हुन् । रघुवीर महासेठ र जुली महतो । भौतिक योजना तथा यातायात मन्त्री रहेका महासेठ ०७६ मंसीर ४ गते सरकारबाट बाहिरिए । महतो हटे पछि उनकी श्रीमति जुली महतो महिला बालबालिका मन्त्री भइन् ।

अहिले फेरी मन्त्रिपरिषद् पुर्नगठन हुँदा जुली सरकारबाट बाहिरिइन् । महतो उपप्रधान सहित परराष्ट्र मन्त्री भएका छन् । मन्त्रिमण्डल हेरफेर गरी हटाइएका एमाले स्थायी कमिटी सदस्य महासेठ पदोन्नतिसहित ओली सरकारमै मन्त्री भएका छन् ।०७४ फागुनमा महासेठसँगै मन्त्री भएका प्रदीप ज्ञवालीलाई पदबाट हटेको डेढ वर्षपछि उनले प्रतिस्थापन गरेका हुन् ।

प्रतिक्रिया